काठमाडौं । नेपालको निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरेको छ । ठूला करदाता कार्यालयले एनसेललाई करको निर्धारण गरेको हो। एनसेललाइ कर तिर्न १५ दिनको समय दिइ पत्र पठाइएको कार्यालयले जनाएको छ ।
गत वैशाखमा नै कार्यालयले एनसेललाइ करिब ६० अर्ब ७१ करोड २४ लाख ९६ हजार ९७ रुपैयाँ कर तिर्नका लागि आदेश दिएको थियो । यसअघि नै एनसेलले २१ अर्ब ५४ करोड तिरेको रकम कटाएर ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ ७ दिनभित्र बझाउनका लागि पत्र पठाएको थियो ।
तर सर्वाेच्च अदालतले एनसेललाई आयकर ऐन २०५८ को दफा १२० (क) अन्तर्गत ५० प्रतिशत शुल्क कट्टा गरि तिर्नका लागि फैसला सुनाएको थियो ।
सर्वाेच्चको फैसलासँगै एनसेलले करिव २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५ सय ६५ लाभकर अन्तर्गत तिर्नुपर्ने भएको थियो । उक्त रकममा व्याज समेत जोड्न पाउने व्यबस्था गरिएका थियो ।त्यसमा व्याज जोडेर नै एनलेसले सरकारलाइ २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया