काठमाडौं । नेपालमा ९ दिनदेखि जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को भोलि सकिंदैछ ।
सागको अन्तिम दिन सवारीसाधनमा जोर विजोर प्रणाली लागु गरिने भएको छ । महानगरिय ट्राफिक प्रहरी महाशाखाले एक सुचना जारी गर्दै उक्त दिन सवारीसाधन जामलाई न्युनिकरण गर्न उक्त प्रणाली लागु गर्न लगिएको जनाएको छ ।
सागको पहिलो दिन अर्थात १५ गते बिजोर नंवर प्लेटएका सवारीसाधन चलेका थिए भने र अन्तिम दिन (२४ गते) अर्थात् भोलि जोर नंवर प्लेट भएका सवारीसाधन चल्ने भएका हुन ।
महानगरिय ट्राफिक महासाखाले सागको यातायात व्यवस्थापनलाई चुस्त, दुरुस्त, व्यवस्थित र सुरक्षित बनाउन उक्त प्रणाली लागु गरिएको जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया