वीरगञ्ज, ४ माघ । २ नं. प्रदेशको अस्थायी राजधानी जनकपुरलाई तोकेको विरोधमा आजबाट अनिश्चितकालीन वीरगञ्ज बन्द घोषणा गरिएको छ । वीरगञ्जलाई प्रादेशिक राजधानीको घोषणा गर्न दवाव दिनका लागि गठित संघर्ष समितिले बन्दको आह्वान गरेका हुन् आज बिहानैदेखि बन्दकर्ताहरुले सडक अवरुद्ध पारेर सवारी आवागमन ठप्प गरेका छन् । बन्दका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ कलकारखाना, बजार र शैक्षिक संस्थामा पनि बन्दको पूर्ण असर देखिएको छ बन्दकर्ताहरुले एम्बुलेन्स, दमकललगायतका अत्यावश्यकीय सवारी साधनको सञ्चालनमा भने कुनै अवरोध पुर्याएका छैनन् सरकारले बुधबार प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरलाई घोषणा गरेपछि जनकपुरलाई नभई वीरगञ्जलाई प्रदेशिक राजधानी घोषणा गर्नुपर्ने माग राखेर संघर्ष समितिले अनिश्चितकालीन वीरगन्ज बन्दको आह्वान गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया