१३औं सागको अन्तिम दिन : पाँच खेल हुँदै

काठमाडौं । १३ औं संस्करणकोंं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) आज सकिदैछ ।

१३औं (साग) को अन्तिम तथा १० औं दिन आज मंगलबार विभिन्न पाँच खेलमा प्रतिस्पर्धा हुँदैछ । १३औं (साग) को समापन अघि पुरुष फुटबल, बक्सिङ, बास्केटबल, जुडो र स्क्वास खेलको प्रतिस्पर्धा हुनेछ । सबै खेल काठमाडौंमा हुनेछ ।

नेपालका मुख्य तीन शहरमा सञ्चालन भएको दक्षिण एसियाकै सबै भन्दा ठुलो खेल महोत्सवको मंसिर १५ गते औपचारिक उद्घाटन भएको थियो ।

प्रतियोगितामा दक्षिण एसियाका ७ राष्ट्रले विभिन्न २६ खेलमा सहभागीता जनाएका छन् । आयोजक नेपाल सहित भुटान, भारत, माल्दिभ्स, बंगलादेश, पाकिस्तान र श्रीलंकाले सागमा प्रतिस्पर्धा गरेका छन् ।

दक्षिण एसियाली राष्ट्रलाई खेलकुदको माध्यमबाट जोड्ने उद्वेश्यकले सन् १९८४ मा सागको सुरुवात नेपालबाट भएको थियो । सन् १९९९ मा सागको दोस्रो पटक आयोजना गरेको थियो ।

नेपालले तेस्रो पटक प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगितामा कुल ३ सय २४ स्वर्ण सहित १ हजार १ सय ३५ पदकका लागि प्रतिस्पर्धा भएको हो ।

तर अन्तिम समयमा सहभागी टिमको संख्या नपुगेपछि प्याराग्लाईडिङलाई प्रतियोगितामा समावेश गरिएको थिएन । केही पदकको टुङ्गो अन्तिम दिन समेत लाग्दैछ ।

अन्तिम दिनसम्म भारत १ सय ७२ स्वर्ण सहित पदक तालिकामा अगाडी छ । आयोजक नेपाल ४९ पदक सहित दोस्रो स्थानमा छ ।

नेपालले सागको ईतिहासमा सबैभन्दा धेरै स्वर्ण पदक जित्न सफल भएको हो । पछिल्लो पटक घरेलु भुमिमा भएको आठौं सागमा नेपालले ३१ वटा स्वर्ण पदक जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?