१३ औं सागको अन्तिम दिन : भव्य समापनको तयारी

काठमाडौं । १३ औं संस्करणकोंं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) आज सकिदैछ ।

१३औं (साग) को अन्तिम तथा १० औं दिन आज मंगलबार विभिन्न पाँच खेलमा प्रतिस्पर्धा हुँदैछ । १३औं (साग) को समापन अघि पुरुष फुटबल, बक्सिङ, बास्केटबल, जुडो र स्क्वास खेलको प्रतिस्पर्धा हुनेछ । अन्तिम दिनसम्म नेपाल ४९ पदक सहित दोस्रो स्थानमा छ ।

आयोजक युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् राखेपले सागको समापनलाई भव्य बनाउने तयारी गरेका छन् । समापन समारोह अगाडी पुरुष फुटबल टिमको फाईनल खेल हुनेछ ।

त्यसपछि करिब साढे १ घण्टा समापन समारोह चल्नेछ । कार्यक्रमलाई सागको ओलम्पिक काउन्सिल, राखेप सदस्य सचिव, युवा तथा खेलकुद मन्त्रीले सम्बोधन गर्नेछन् ।

साग विजेता खेलाडीलाई मुख्य अतिथीबाट विशेष प्याकेज घोषणा गर्ने तयारी छ । लगत्तै १४ औं साग आयोजनाको झण्डा पाकिस्तानलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?