कपिलवस्तु, ४ माघ । प्रदेश नं. ५ को अस्थायी राजधानी रुपन्देही तोकेको विरोधमा कपिलवस्तुमा आन्दोलन चर्किएको छ प्रदेश नं. ५ को राजधानी कपिलवस्तु हुनुपर्ने भन्दै दबाब मुलक आन्दोलन गर्दै आएको कपिलवस्तु युवा संघर्ष समितिले एक प्रेस विज्ञप्ती जारी गर्दै सरकारको निर्णयको विरोध गरेको छ समिति संयोजक रउफ अहमद खाँद्वारा हस्ताक्षरित विज्ञप्तीमा ४ वटा बुद्धले राज्य गरेको कपिलवस्तुलाई उपेक्षा गर्दै सरकारले राजधानी नतोकिएकोमा दुःख व्यक्त गरिएको छ सरकारको निर्णयको विरोध स्वरुप तीन दिन कपिलवस्तु जिल्ला बन्दको घोषणा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया