काठमाडौं, ४ माघ । बुधबार सरकारले ३ नं. प्रदेशको अस्थायी राजधानी मकवानपुरको हेटौंडालाई तोकेपछि भक्तपुरवासी पनि आन्दोलित भएका छन् भक्तपुरवासीले सरकारले गरेको निर्णयको विरोधमा बिहीबार दिउँसो विरोधका कार्यक्रम गर्ने भएका छन् पूर्व उद्योगमन्त्री एवं एमाले युवा नेता महेश बस्नेतले भक्तपुरलाई ३ नं. प्रदेशको राजधानी बनाउन दबाव दिन आन्दोलनमा सहभागी हुन स्थानीयलाई आग्रह गरेका छन् । बस्नेतका अनुसार बिहीबार दिउँसो २ बजे सानोठिमी क्याम्पस अगाडि भेला भएर प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ त्यस्तै, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भने भक्तपुरलाई ३ नं. प्रदेशको राजधानी बनाउन नहुने धारणा प्रकट गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया