काठमाडौं । राखेपले सागको फुटबल फाईनल खेल तथा समापन समारोहको टिकट मूल्य दोब्बरले वृद्धि गरेको छ । राखेपले साधारण प्यारापिटतर्फ १ हजार र भिआईपीतर्फ २ हजार टिकट मूल्य निर्धारण गरेको छ ।
राखेपले सम्पुर्ण टिकट बिक्रीको जिम्मेवारी ई-सेवालाई दिएको छ । तर टिकट बिक्री खुलेको दुई घण्टामा सम्पुर्ण टिकट बिक्री भईसकेको छ ।
राखेपले समापन समारोहलाई व्यवस्थित बनाउन भन्दै साधारणतर्फ ८ हजार र भिआईपीतर्फ १ हजारमात्र टिकट बेच्ने जनाएको छ । साधारणतर्फको क्षमता १२ हजार र भिआईपीतर्फ २ हजार दर्शक क्षमता रहेको छ ।
समापन समारोह करिब डेढ घण्टाको हुनेछ । समापन समारोहलाई साग ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेप सदस्य सचिव सिलवाल, युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा र विशेष अतिथीले सम्बोधन गर्नेछन् ।
लगत्तै १४ औं सागको जिम्मेवारी पाकिस्तानलाई हस्तान्तरण गरिनेछ । केही सांस्कृतिक कार्यक्रम समापन समारोहमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया