काठमाडौं । टिकट खोज्दै दशरथ रंगशाला पुगेको फुटबल समर्थक प्रहरीद्वारा कुटिएका छन् । आज १३औं सागको पुरुष फुटबलको फाइनलमा नेपाल र भुटानबीच खेल हुँदैछ । खेल हेर्न टिकट खोज्दै समर्थकहरु रंगशाला पुगेका थिए ।
उनीहरुलाई हटाउने नाममा प्रहरीले एक समर्थकमाथि लाठी चार्ज गरेको छ । कुटपिटको फोटो खिच्नेको भन्दै नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईलाई पनि प्रहरीले कुटपिट गरेको छ। पुरुष फुटबलको फाइनलको टिकट मूल्यको विरोधमा सर्वसाधारणले प्रदर्शन गरेपछि रिपोर्टिङका लागि पुगेका चापागाईलाई प्रहरीले कुटपिट गरेको हो । प्रहरीले भने बल प्रयोग नगरेको दावी गरेको छ ।
केहिदिन अघि बाँकेको कोहलपुरमा पनि विद्यार्थीमाथि प्रहरीले कुटपिट गरेको फोटो सार्वजनिक भएको थियो । उक्त कुटपिटको विषयमा विरोध भइरहेको बेला आज त्यस्तै अर्को घटना भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया