फाइनल अघि हुने भनिएको सांसद र कर्मचारीको खेलमा म्याच कमिस्नारको असन्तुष्टि

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबलको फाइनल खेलअघि संघीय संसदका सदस्यहरू र संसद सचिवालयका कर्मचारीबीच मैत्रीपूर्ण फुटबल हुने भएको छ ।

पुरुष फुटबलको फाइनल खेलअघि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले रंगशालामा मैत्रीपूर्ण फुटबल राखेपछि फाइनल खेलका म्याच कमिस्नारले असन्तुष्टि जनाएका छन् ।

पुरुष फुटबलको फाइनल सुरु हुने दुई घण्टा भन्दा कम समय बाँकी रहदा रंगशालामा सांसद र कर्मचारीबीच मैत्रीपूर्ण खेल भएपछि भुटानका म्याच कमिस्नार मिन्दु दोर्जीले असन्तुष्टि व्यक्त गरेका हुन् ।

कुनै पनि फुटबल खेल अघि मैदान करिब ३ देखि ४ घण्टा अगाडी नै खाली हुनु पर्ने नियम रहेको छ । तर, राखेपले फाइनल सुरु हुन दुई भन्दा बाँकि रहदा मैत्रीपूर्ण खेल राखेको छ । जसको कारण भुटानी म्याच कमिस्नारले असन्तुष्टि जनाएका हुन् ।

पुरुष फुटबलको फाइनलमा नेपाल र भुटानले ३ बजे प्रतिस्पर्धा गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?