काठमाडौं । नरसंहारको मुद्दा झेल्दै म्यानमारकी पूर्वप्रजातन्त्रवादी नेत्री आन सान सूकी अन्तर्राष्ट्रिय अदालतमा उपस्थित हुनुभएको छ ।
तीन वर्षअघि रोहिंग्या अल्पसंख्यक मुस्लिम समुदायमाथि म्यानमार सरकारले गरेको नरसंहारको मुद्दा झेल्दै सूकी अदालत उपस्थित हुनुभएको हो ।
सूकीले आफूमाथि लागेको अभियोगको इन्कार गर्दै आउनुभएको छ । गत नोभेम्बरमा गाम्बियाले अन्तर्राष्ट्रिय अदालतमा म्यानमारमाथि मुद्दा दायर गरेको थियो । अन्तर्राष्ट्रिय अदालतमा पुगेको यो तेस्रो नरसंहारको मुद्दा हो ।
२०१७ मा म्यानमारको सेनाले अल्पसंख्यक आदिवासी समुदायमाथि बलात्कार, हत्या र शारिरीक यातना दिएको थियो । साथै उनीहरुका घर जलाइँदै लखेटिएका थिए ।
७ लाख ३० हजार रोहिंग्या बंगलादेशबाट लखेटिएपछि आश्रयका लागि म्यानमार पुगेका थिए । १५ वर्षको बन्दी जीवन बिताएपछि नोबेल शान्ति पुरस्कार पाएकी आन सान सूकीको राजनीतिक जीवन पनि यस घटनासँगै आलोचित हुनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया