खाना खाने सवालमा हरेक व्यक्तिको आ – आफ्नो आनीबानी हुन्छ । कोहि धेरै खाएर पेट टसमस्स भएपछि मात्रै अघाउछन् कोहि हलुका खानेकुरामा नै टन्नै भएँ भन्छन् । कोहि साँझ परेपछि खाना खान्छन् त कोही राति अबेर खाना खान्छन् । तर चिकित्सकहरु भन्छन्, बढ्दो प्रदुषण अस्वस्थकर आहारविहार व्यस्त जीवनशैली अपनाउने भएको कारण पनि रातको खानामा केहि अनिवार्य जस्तै शर्तहरु तपाईले मान्नुपर्छ । किनकी तपाईले खाएको खाना जिब्रोको लागि मात्रै होईन । अर्थात् स्वादको लागि भन्दापनि शरीरको आवश्यकता हेरेर खानेकुरा खानुपर्छ । अध्ययनहरुले देखाएका छन् कि खाना खाने बित्तिकै सुत्ने बानिले मोटोपन बढाउँछ। तसर्थ सुत्नु भन्दा २ घण्टा अघि नै खाना खानुपर्छ ।
तपाई हामीमध्ये धेरैले सुनेका छौँ रातको खानेकुराको कारण निन्द्रामा प्रभाव पार्छ । तर हामीमध्ये कतिले आफ्नो आनीबानी र आहारविहार सुधारेका छौँ त ? तसर्थ चिकित्सकको सहयोगमा हामीले केहि महत्वपूर्ण टिप्सहरु बटुलेका छौँ ।
भात : भनिन्छ प्रायजसो नेपालीहरुलाई पेट चस्किने हिसाबले भात खाएन भने के छुटाएा जस्तो लाग्छ । तर चिकित्सकका अनुसार सकेसम्म बिहान बेलुका दुबै समयमा भात नखाननुहोस् तर राम्रो निन्द्रा लाग्ने र छिटै पच्ने भएकोले राति थोरै भात खाँदा राम्रो हुन्छ । यद्यपी रातको खानामा गहुँको सुख्खा रोटी समावेश गर्नु धेरै उत्तम हुन्छ ।
पास्ताः अत्याधिक कार्वोहाइड्रेडको मात्राले शरीरमा पाचन प्रणालीमा असर गर्ने भएकोले रातको खानमामा पास्ता समावेश गर्नु स्वास्थयको लागि फाईदाजनक छैन ।
मसलेदार खानाः शरीरमा पित्तको मात्रा बढाउँने हुँदा रातको समयमा मसलेदार खाना खानुहुँदैन ।
राति धेरै दाल पिएर सुत्नु राम्रो मानिन्न ।
चाउचाउ ,चाउमिन र मैदाबाट बनेका खाद्यपदार्थ चाउचाउ चाउमिन र मैदाबाट बनेको चिजमा हाइ क्यालोरी हुने हुँदा यी खानेकुरा खानुहुँदैन । यसका अतिरिक्त पनिर, वर्गर, चिप्स, चकलेट , गुलिया खाद्य पदार्थ, मिठाइ रातिको समयमा खानुहुँदैन ।
मासु माछाः यसबाट अत्याधिक प्रोटिनको मात्रा पाईने भएकोले रातिको खानमा माछा मासु समावेश नगरेको राम्रो ।
चिकित्सक भन्छन्, रातको समयमा दहि खानुहुँदैन । त्यस्तै राति कफि खाने बानी छ भने पनि छोडिहाल्नुहोस् । रातको समयमा करिब ६ बजेतिर हलुका खानेकुरा खानुहोस् । तस्वीर : एजेन्सीबाट
लोकपथ डटकमबाट यसअघि प्रकाशित यी टिप्सहरु पढ्नुभएको थियो ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया