यो वर्ष मात्रै २ सय ५० पत्रकार जेल परे, पत्रकारलाई सबैभन्दा अप्ठेरो देश चीन

काठमाडौं । यो वर्ष मात्रै विभिन्न देशमा २ सय ५० पत्रकार जेल परेका छन् । कमिटी टु प्रोटेक्ट जर्नालिस्ट(सीपीजे)ले प्रकाशित गरेको पछिल्लो रिपोर्टले सन् २०१९ मा पत्रकार सो संख्यामा जेल परेको जनाएका छ । पत्रकारलाई सबैभन्दा अप्ठेरो चीन, टर्की, साउदी अरेबिया र इजिप्टमा रहेको सीपीजेमा उल्लेख गरीएको छ ।  धेरै जसो पत्रकारहरुले विरोधी गतिविधि, गलत समाचार लेखेको अभियोग लगाइएको छ ।

पछिल्लो समयमा रसिया र सिंगापुरले पनि गलत समाचार लेख्ने कामलाई फौजदारी अभियोग लगाउने कानुनी व्यवस्था गरेको सो रिपोर्टमा उल्लेख गरीएको छ । अघिल्लो वर्ष गलत समाचार लेखेको २८ जनालाई अभियोग लागेको थियो । यसवर्ष भने ३० जनालाई लागेको छ ।

सीपीजेका अनुसार चीनमा सन् २०१९मा कम्तिमा ४८ पत्रकार जेलमा छन् । चीनमा अघिल्लो वर्ष ४७ जना जेल परेको थिए । साउदी अरेबियामा २६ पत्रकार अहिले जेलमा छन् । इजिप्टमा पनि जेलमा रहेका पत्रकारको संख्या २६ छ ।

टर्कीमा अघिल्लो वर्ष ६८ पत्रकार जेलमा थिए । यो वर्ष ४७ जेल परेका छन् । इरानमा ११, रसियामा ७, इरिट्रियामा ३९ र भियतनाममा १२ जना जेल परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?