कांग्रेस केन्द्रीय समितिको बैठक बस्न सकेन

काठमाडौं । नेपालकी कांग्रेस केन्द्रीय समितिको सस्थापन पक्ष र असन्तुष्ट पक्षबीच सहमति नहुँदा बैठक समयमा बस्न सकेको छैन् । बैठक १ बजेलाई बोलाइएको थियो ।  सभापति शेरबहादुर देउवाले विभागको संख्या बढाउने प्रस्ताव ल्याएपछि त्यसमा असन्तुष्ट पक्षले अस्वीकार गरेका छन् ।

बैठकअघि केन्द्रीय कार्यलयभित्रै अनौपचारिक रुपमा गुटगत छलफल चलिरहेको छ। भित्र गुटगत छलफल भइरहँदा कार्यालय बाहिर नेपाल विद्यार्थी संघका एकथरी कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन्। नेविसंघको नेतृत्व ३२ वर्षमुनि उमेरको हुनुपर्ने उनीहरुको माग छ ।

केन्द्रीय समिति बैठकमा उपनिर्वाचनको समीक्षा, आगामी पुस ७ देखि १६ गतेसम्म हुने पार्टीको तेस्रो चरणको राष्ट्रिय जागरण अभियान, सकारको भूमिका, केन्द्रीय विभाग गठन, पार्टीका अन्तरिम संरचना गठन, केन्द्रीय समितिको समयावधि समाप्त भएका भ्रातृ र शुभेच्छुक संस्थालगायत विषयमा छलफल गर्ने बैठकको तयारी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?