एजेन्सी । हामीहरुका घरमा परेवालाई पालेको त देखेका नै छौँ । पहिला पहिला परेवा मानिसहरुले सूचना आदानप्रदानका लागि प्रयोग गर्ने गरेको पनि हामीले सुनेका नै छौँ ।
त्यहि कुरा आज आएर सत्य सावित भएको छ ।
एक वैज्ञानिक अनुसन्धानका अनुसार मानिसमा भन्दा धेरै तेज दिमाख परेवामा पाइएको वैज्ञानिकहरुले बताएका छन् । केहि परेवाहरुलाई अनुसन्धानमा राखेर गरिएको परिक्षणमा यो तथ्य फेला परेको हो । वैज्ञानिकहरुले बताए अनुसार साधारण देखिने परेवामा पनि मानिसमा भन्दा धेरै दिमाख र वैज्ञानिक सिद्दान्तलाई बुझ्न सक्ने क्षमता भएको कुरा पत्ता लागेको हो ।
अमेरिकाको लोवा युनिभर्सिटीमा भएको एक अनुसन्धानका क्रममा परेवाको दिमाख मानिसको भन्दा धेरै तेजवान रहेको तथ्य बाहिरिएको हो । तथ्यका अनुसार परेवाका साथै माछा र रेप्टाइलमा बाँकि जनावरहरुको भन्दा धेरै सोच्न सक्ने दिमाख रहेको कुरा पत्ता लागेको हो ।
मानिसको दिमाखको बाहिरी भाग सोच विचार गर्न, बोल्न र निर्णय लिनका लागि प्रयोग हुन्छ । तर परेवाको भने यो काम गर्नको लागि मानिसको भन्दा फरक भाग प्रयोग हुने गरेको पनि पत्ता लागेको छ ।
अनुसन्धानमा परेवाको दिमाख परिक्षणका लागि कम्प्युटर स्क्रिनमा २४ सेन्टिमिटरको लामो लाइन ८ सेकेण्डसम्म देखाइएको थियो जसबाट परेवाको दिमाखमा रहेको फरक भागले वैज्ञानिक सिद्दान्त बुझ्ने गरेको तथ्य बाहिरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया