एजेन्सी । हामीहरु खाना वा खाजासँग फरक फरकका अचारहरु खाने गर्छौँ । जस्तै आँप, निबुवा, कागती, मुला । कोहि मानिसहरु त अचार यति मन पराउँछन् कि बिना अचार खानै नखाने समेत हुन्छन् ।
तर के तपाईँलाई थाहा छ ? लण्डनको एक पसलमा मानिसका अंगहरुबाट बनाइएको अचार बेच्ने गरिन्छ । अनोठो कुरा हो तर हामीले यो कुरालाई विश्वास गर्नु शिवाय अर्काे उपाय छैन ।
लण्डनको एक्सेसमा एउटा यस्तो होटल छ, जसको नाम क्युरोसिटिज फ्रम द फिफ्थ कर्नर राखिएको छ । यस होटलमा मानिसहरुका अंगहरुबाट बनाइएको अचार बेच्ने गरिन्छ । यस होटल भित्र छिर्ने बित्तिकै हामीले मानिसका टाउका, कपाल, नङ, जनावरका टाउका र शरिरहरु देखिन्छ । केहि मानिसका डरलाग्दा अंग भने डिब्बाभित्र राखिएको हुन्छ ।
त्यसैले पनि मानिसहरु यस होटलमा प्रवेश गर्नु पूर्व केहि समय सोच्ने गर्छन् । यस होटलका मालिकको नाम हो हेनरी स्क्रेग । यस होटलमा केहि मानिसका काटेका हातका टुक्रा, महिलाहरुको गर्भाशय,अण्डाशय र नवजात बच्चाहरुको शव अचार राख्ने डिब्बाभित्र देखिन्छ ।
यस विषयमा होटल मालिक हेनरी भन्छन्, मानिसहरु यसलाई किन्न रुचाउँदैनन् । यि कु्राहरु बेच्दा कति मानिसहरुले त मलाई रुचाउँदैनन् पनि । किनभने हामीले अन्य परम्परा र संस्कृतिको बारेमा जानेका हुँदैनौँ । तर मलाई लाग्छ, धेरै कुराहरुको बारेमा मानिसहरुले देखेका हुँदैनन् । त्यसैले मानिसहरु यो होटलमा आएर धेरै कुराहरु देख्ने अवसर पाउँछन् साथै किन्न पनि सक्छन् ।
हेनरीले यो होटल सञ्चालनको लागि मेडिकल बोर्डबाट अनुमति पनि पाइसकेका छन् । हेनरीका अनुसार उनी आफ्नो यो पसलमा मानिसका अंगदेखि लिएर जनावरका अंगहरु पनि राख्ने गर्छन् ।
यसको मुल्य रु. १४ सय ४० देखि लिएर रु.४ लाख सम्म पर्ने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया