काठमाडौं । नेपालमै पहिलोपटक रियालिटी शो मार्फत देशको लागि एक सच्चा लिडरको खोजी हुने भएको छ । चर्चित फ्रेन्चाइज् शो केबीसीको नेपाली संस्करण ‘को बन्छ करोडपति’ पछि अर्को रियालिटी शो ‘दी लिडर’ आउने भएको हो ।
एसआरबीएन मिडिया र एरो प्रोडक्शनको सहकार्यमा यो शो आउने भएको हो । आज बिहिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै ‘दी लिडर’ का ५ निर्णायकहरुमध्ये पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वप्रधानन्यायाधिस सुशिला कार्की र नेता तथा पत्रकार रविन्द्र मिश्रले संयुक्त रुपमा कार्यक्रमको नाम र लोगो सार्वजनिक गर्दै कार्यक्रमको औपचारिक घोषणा गरेको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै रवी लामिछानेको नयाँ टेलिभिजन रियालिटी शो जसले देश, विदेशमा रहेका नेपाली माझबाट लम्बे छनौट प्रक्रियाद्वारा राजनेता बन्नसक्ने संभावना बोकेको नेता खोज्नेछ। भन्दै शुभकामना व्यक्त गरेका छन् ।
यो नितान्त नयाँ र रचनात्मक कार्यक्रमका लागि धेरैधेरै शुभकामना भन्दै उनले केहि फोटाहरु पोष्ट गरेका छन् ।
कसरी हुन्छ छनौट ?
देशको ७ वटै प्रदेश र विदेशमा हुने अडिसनबाट उत्कृष्ट १०० जना चयनगरि काठमाडौंमा अरु चरणको लागि छानिने पत्रकार सम्मेलनमा बताइएको छ । रियालिटी शो ‘दी लिडर’लाई लोकप्रिय प्रस्तोता पत्रकार रवी लामिछानेले होस्ट गर्नेछन् ।
कहाँबाट हुनेछ प्रसारण ?
‘द लिडर’ न्युज २४ टेलिभिजन, रमाईलो टिभी एचडी र गुन्द्रुक एपमाबाट प्रसारण गरिने छ ।
के छ पुरस्कार ?
यो शो का विजेतालाई काठमाडौंमा एक सुविधा सम्पन्न अपार्टमेन्ट, कार, २० लाख नगद र राष्ट्रिय राजनीतिमा नेतृत्व लिने अवसर प्रदान गरिने आयोजकले जनाएको छ ।
कसरी दिने आवेदन ?
देशभरिबाट इच्छुक व्यतिmले सहभागीता जनाउन आवेदन खुल्ला भैसकेको आयोजकले जनाएको छ । इच्छुक नेपालीले गुन्द्रुक एप वा लिडर नेपालको वेवसाइटमा गएर आवेदन दिन सक्नेछन् ।
मिश्रको पोष्टमा धेरैले लाईक गर्दै राम्रो सुरुवात भन्ने आशयका प्रतिक्रिया दिएका छन् ।
पत्रकार लामिछानेले यसअघि ‘केहि फरक केहि विशेष शो गर्न लागेको’ भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै जानकारी गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया