काठमाडौं – एसिड आक्रमणमा परी घाईते भएर तीन महिनादेखि कीर्तिपुर बर्न अस्पतालमा उपचाररत विरगंजकी बालिका मुस्कान खातुनको बुधवार प्लास्टिक सर्जरी गरिएको छ। अमेरिकी र नेपाली डाक्टरहरु सयुक्त टोलीले मुस्कानको प्लास्टिक सर्जरी गरेको हो।
यसैबीच वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले मुस्कानलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्। अस्पताल पुगी मुस्कान खातुनको परिवारलाई भेटेर मेयर सरावगीले आर्थिक सहयोग प्रदान गरेका हुन्। उनले वीरगंज महानगरपालिका कार्यालयद्वारा २ लाख र आफ्नो तर्फबाट १ लाख रुपैयाँ गरी कुल तीन लाख नगदको चेक हस्तनान्तरण गरेका थिए। यसअघि कीर्तिपुर अस्पतालमा उपचार गराइरहेकी खातुनलाई भेट्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उपचारमा लाग्ने सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने बताउनुभएको थियो ।
मेयर सरावगीले पीडितलाई अस्पतालमा चाहिने आवश्यक सुविधाको व्यवस्थापन समेत गरिदिएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया