काठमाडौँ । २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म पनि त्यसपछिका पराकम्प जाने क्रम रोकिएका छैन । मंसिर महिनामा मात्रै ३ वटा भूकम्पको धक्का गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबारसहित मंसिर महिनामा ३ गते र ११ गते पनि भूकम्प गएको हो ।
मंसिर ३ गते बझाङ केन्द्रबिन्दु भएर ५.७ रिक्टरस्केलको भूकम्प गएको थियो । यस्तै ११ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ रिक्टरस्केलको जाँदा बिहीबार पनि सिन्धुपाल्चोक नै केन्द्रबिन्दु भएर ४.८ रिक्टर स्केलको भूकम्प गएको हो ।
तीनै भूकम्पको धक्काबाट कुनै मानवीय क्षति भने भएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया