काठमाडौं । नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता खेलाडीलाई आज नगर परिक्रमा गराइँदै छ ।
खेलाडी र यसका प्रशिक्षकलाई काठमाडौं उपत्यका घुमाएर नागरिक अभिनन्दन गरिने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।
अहिले बिहान ११ बजेबाट नगरपरिक्रमा कार्यक्रम सुरु हुँने राखेपले जनाएको छ ।
रुट यस्तो छ
कार्यक्रम अनुसार राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरबाट नगर परिक्रमा सुरु भएर न्युरोड, इन्द्रचोक, रत्नपार्क, सिंहदरबार पुल्चोक, लगनखेल, सातदोबाटो, कोटेश्वर हुँदै सल्लाघारीम्म हुनेछ ।
त्यहाँबाट पुनः सल्लाघारी, कोटेश्वर, बानेश्वर हुँदै राखेपमा प्रांगणमा आएर खेलाडीको सम्मानमा आयोजित नागरिक अभिनन्दन कार्यक्रम समापन हुने राखेपले जनाएको छ ।
१३ औं साग गत डिसेम्बर १ देखि १० गतेसम्म नेपालमा आयोजना भएको थियो । प्रतियोगितामा नेपालले ५१ स्वर्ण हासिल गर्दै यो प्रतियोगितामा अहिलेसम्मकै धेरै पदक जितेको थियो ।
उक्त परिक्रममा कार्यक्रमले उपत्यकाको सवारी आवागमन प्रभावित नहुने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया