मामाले भान्जीको बिहेमा प्याज गिफ्ट दिएपछि …

काठमाडौं । प्याजको बजार मूल्य अत्याधिक रफ्तारमा बडिरहेको बेला भारतको हरियाणामा आफ्नो भान्जीको बिहेमा एकाजनाले ५ क्विन्टल प्याज गिफ्ट दिएका छन् ।

रोहातक जिल्लाको लखन माजरा गाउँमा बस्ने जगपाल राठी र जयपाल राठीले आफ्नो भान्जीको बिवाह समारोहमा ५ क्विन्टल प्याज दिएका थिए ।

प्रतिकेजी प्याजको मूल्य डेढ सय भारतीय रुपैयाँ भन्दा पनि माथि पुगेको छ । बिहेको भोज भतेरमा प्याजको कमी नहोस भनेर आफूले प्याज गिफ्ट दिएको उनले बताए ।

उनले प्याज दिने घोषणा गरे पछि त्यहाँ उपस्थित सबै हाँसेका थिए ।

प्याजको मूल्य बढेपछि आजकल सलादमा पनि प्याज गायब भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?