मनाङ मर्स्याङ्दी क्लब र जापानी टिम मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौं । ‘ए’ डिभिजन लिग क्लब मनाङ मर्स्याङ्दी क्लबले आज जापानको जेएफएल यू-२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

शनिबारबाट सुरु भएको ‘ए’ डिभिजन लिगको तयारीमा रहेको मनाङले जापानी टिमसँग खेल्न लागेको हो । मनाङ कमल श्रेष्ठको कप्तानीमा मैदान उत्रने छ ।

जापानी टिमसँग मैदान उत्रदा मुख्य खेलाडी अन्जन बिष्ट हुने छैनन् । एन्फाको ४५ दिने प्रतिबन्धको कारण उनी टिममा हुने छैनन् ।

यस अघि जापानी टिमले शुक्रबार भएको मैत्रीपूर्णमा नेपाल निलोलाई ४-० गोल अन्तरले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?