एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जितहात पारेको छ ।
शनिबार भएको खेलमा लिभरपुलले वाट्फोर्डलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन मोहमद सलाहले दुई गोल गरे । खेलको ३८ औं मिनेटमा पहिलो गोल गरेका सलाहले इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई सहज जित दिलाए ।
जितसँगै लिभरपुलले लिगमा ११ अंकको अग्रता कायम गरेको छ । वाट्फोर्ड ९ अंक जोडेर पुछारमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया