काठमाडौं । ज्योती विकास बैंकले कपडा बैंकको लागि वासिङ मेसिन प्रदान गरेको छ । नवजीवन परोपकार समाज तथा 100’s Group ले संयुक्त रुपमा सञ्चालन गरेको कपडा बैंकको लागि एक थान वासिङ मेसिन प्रदान गरेको हो । सामाजिक उत्तरदायित्वका लागि सिर्जना गरेको हाम्रो बिकास प्रबद्र्धन मार्फत कपडा बैंकलाइ वासिङ मेसिन प्रदान गरिएको बैंकले जनाएको छ ।
उक्त कार्यक्रममा बैंकका तर्फबाट बैंकका कार्यकारी अध्यक्ष मनोज कुमार ज्ञवाली, नायब महाप्रबन्धक शुशील कुमार शर्मा तथा मुख्य शाखाका प्रबन्धक रोशन थापा रहेका थिए। भने नवजीवन परोपकार समाजका तर्फबाट संस्थाका सचिव दिपकराज जोसी तथा 100’s Group तर्फबाट कार्यक्रम संयोजक वव्लु गुप्ताको उपस्थिती रहेको थियो ।
दुई सामाजिक संस्थाको संयुक्त पहलमा काठमाडौं तथा ललितपुरका बिभिन्न स्थानमा कपडा बैंक सञ्चालन गरेका छन् । जसबाट पुःन प्रयोग गर्न मिल्ने कपडाहरुलाई सफा तथा मर्मत गरि लक्षित वर्गसमक्ष पुर्याउने काम गर्दै आएका छन् । समाजमा प्रभावकारी योगदान पुर्याउने उदेश्यका साथ स्थापित बैंकले हाम्रो बिकास कोष मार्फत बिभिन्न सामाजिक कार्यमा सहयोग पुर्याउदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया