पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमिएर लिग (पीपीएल) टी-ट्वान्टी क्रिकेटको उद्घाटन खेलमा पोखरा पल्टनले टस जितेर सुरुमा फिल्डिङ गर्ने लागेको छ ।
पोखरा क्रिकेट रंगशालामा घरेलु टोली पोखराले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो । अब काठमाडौं ब्याटिङ्गमा उत्रने छ ।
शरद भेषवाकरको कप्तानीमा रहेको घरेलु टिम पोखरा साविकको विजेता समेत हो ।
राष्ट्रिय टिमको समेत कप्तान रहेका ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको काठमाडौं गत संस्करणमा इलिमिनेटरबाट बाहिरिएको थियो ।
शनिबारबाट औपचारिक सुरुवात हुने भनिएको प्रतियोगिता खराब मौषमका कारणले एक दिन पछाडी धकेलिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया