काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाइ सामाजिक सुरक्षा कोषमा दर्ता हुन निर्देशन जारी गरेको छ । यससँगै अफ्ठयारो पर्ने भन्दै वित्तीय क्षेत्रको कर्मचारी युनियनले आपत्ती जनाउदै माग फिर्ता लिन समेत आग्रह गरेको छ । नेपाल वित्तीय संस्था कर्मचारी संघले राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपाललाई पत्र लेख्दै निर्देशन तत्काल फिर्ता लिनका लागि आग्रह गरेका छन् ।
हाल बैंक तथा वित्तिय संस्थामा कार्यरत कर्मचारीहरुको भइरहेको सेवा सुविधामा समेत कमि हुने भन्दै संघले आपत्ती जनाएको हो । साथै कर्मचारीहरुको मनोवलमा समेत गिरावट भइ उत्पादकत्वमा ह्रास आउने भएकाले पनि उक्त निर्देशन फिर्ता लिन माग गरिएको हो ।
संघले सामाजिक सुरक्षाको व्यवस्थाले वित्तीय क्षेत्रमा गम्भीर समस्या निम्त्याउने भन्दै उनिहरुले निर्णय फिर्ता लिन आग्रह गरेका हुन। हाल संघअन्तर्गत ४५ वटा बैंक तथा वित्तीय संस्थाका प्रतिष्ठानस्तरका ट्रेड यूनियनहरु रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुमा कर्मचारीहरुको नोकरी अबधि ३० वा उमेर ५८ वर्षमा अवकाश हुने व्यबस्था रहेको छ । सामाजिक सुरक्षा कोषको व्यवस्था अनुसार ६० वर्ष पुगेपछि मात्र निवृत्तीभरण बापतको रकम भुक्तानी हुनेछ। साथै उमेरको अन्तरले गर्दा पर्नजाने समस्यालाई सम्वोधन गर्न संघले माग गरेको छ । त्यस्तै संघले कोषमा जम्मा गर्दा र अवकाशपछि भुक्तानी लिँदा तिनुपर्ने दोहोरो कर व्यवस्थालाई संशोधन गर्न पनि माग गरेको छ।
साथै संघले सामाजिक सुरक्षाको विषयमा नीतिगत व्यवस्था तथा कार्यान्वयनको व्यवहारिक स्पष्टता हुन राष्ट्र बैकलाइ आग्रह समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया