प्याजका फाइदाः नपुंसकता हटाउनदेखि क्यान्सरबाट बच्नको लागि राम्रो औषधी

एजेन्सी । प्याज हाम्रो दैनिक खानपिनमा अपरिहार्य हिस्सा बनिसकेको छ । स्वाद बढाउनको लागि प्याज खानसँग खाने गरिन्छ । तर प्याजको फाइदा र विशेषता स्वादिष्ट खानामा मात्र सिमित छैन ।

प्याज बिशेष गुणका कारणधेरैले रुचाउने गरेका छन् । भान्साको अपरिहार्य बनिसकेको प्याजको फाइदाहरुका बारे धेरैलाई थाहा नहुन सक्छ । जानिराखौँ स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिने प्याजको गुणहरु के के हुन् त ?

१.रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि

प्याजको नियमित सेवनले धेरै किसिमको रोग लाग्नबाट बचाउँछ । साथै शरिरको रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि पनि प्याज धेरै फाइदाजनक हुन्छ ।

२.कपालको सुरक्षाकवच

प्याजको नियमित सेवनबाट कपालको जरा मजबुत हुन्छ । साथै कपाल झर्ने समस्या छ भने पनि प्याज समस्याको समाधान हुन सक्छ । प्याजको रस प्रयोग गर्दा कपाल झर्नबाट छुटकरा मिल्ने अनुसन्धानबाट पत्ता लागेको छ ।

३.महिनावारी हुँदा लाभ

महिनावारी हुँदा प्याजको रसमा मह मिलाएर खाएमा धेरै लाभदायक हुने कुरा वैज्ञानिकहरुको अनुसन्धानबाट पत्ता लागेको कुरा हो । महिलाहरु महिनावारी हुँदा अत्याधिक दुखाई भए पनि प्याजको सेवनले केहि राहत मिल्छ ।

४.मधुमेहमा फाइदाजनक

मधुमेहका बिरामीहरुको लागि काँचो प्याज धेरै लाभकारी हुने विज्ञहरुले बताएका छन् । प्याज खाँदा शरिरमा इन्सुलिन पैदा हुने र शरिरमा सुगरको लेभल सन्तुलन गर्नमा पनि प्याजको मुख्य योगदान रहन्छ । प्याजले शरिरमा इन्सुलिनको मात्रा बढाउनुका साथै ब्लडमा सुगरको लेभल पनि नियन्त्रण गर्छ ।

५. वीर्यको लागि फाइदाजनक

नपुंसकता हटाउनको लागि प्याज धेरै उपयोगी हुन्छ । प्याजको रस र मह मिलाएर खाएमा वीर्यवृद्धि हुने कुरा पनि जानकार बताउँछन् । साथै प्याजले यौन उत्तेजना बढाउनको लागि वा जगाउनको लागि पनि अहम् भुमिका खेल्छ । साथै यौन दुर्वलताबाट बचाउँछ ।

६. रुघाखोकीमा कमी

रुघाखोकी र कफको समस्यामा प्याज धेरै लाभदायक मानिन्छ । यस्तो बेला प्याज सेवन गर्दा धेरै आराम मिल्छ । द्दाँटिमा कफ जमेको बेला प्याजको रसमा मिश्री मिलाएर खायो भने धेरै फाइदा हुन्छ ।

७. कानको दुखाईमा कम

कानमा कुनै पनि प्रकारको समस्या हुँदा प्याजलाई आगोमा हल्का तताएर मनतातो रस निकालेर कानमा हालेकोे खण्डमा रसको प्रभावले कानको दुखाई एंव अन्य समस्या बाट बँच्न सकिन्छ ।

८.क्यान्सरबाट जोगाउँछ

क्यान्सर जस्तो घातक रोगबाट पनि प्याजको सेवन गर्नु उपर्युक्त हुन्छ । क्यान्सरबाट बच्नको लागि प्याज एक राम्रो औषधी बन्न सक्छ । यो अक्सिडेन्टबाट भरपुर हुन्छ । यसमा भिटामिन–सी पनि पाइन्छ, जसले क्यान्सरको रोकथामको लागि सहयोगी भुमिका खेल्छ ।

९.पाचक शक्तिमा विकास

धेरैजसो मानिसहरु अपचको समस्याबाट हैरान हुन्छन् । यदि कसैलार्य अपचको समस्या छ भने प्याजको सेवन गर्दा लाभदायक हुन्छ । प्याजको सेवनबाट शरिरमा पाचक रसको प्रवाह धेरै हुन्छ, जसले खाना पचाउन सहयोग गर्छ । साथै तौल नियन्त्रण पनि गर्छ ।

१०. छालाको लागि फाइदाजनक

प्याजमा एन्टी एलर्जिक, एन्टी इम्फ्लामेट्री, एन्टी अक्सिडेन्ट र एन्टी कार्सिनोजेनिक तत्व हुन्छ । यिनै तत्वहरुको कारणले प्याजमा धेरै रोगहरुसँग लड्न सक्ने रोग प्रतिरोधँत्मक क्षमता धेरै हुन्छ ।

प्याजको नियमित सेवनले धेरै रोगहरुलाई भगाँउछ । केहि अनुसन्धानहरुले प्याजको नियमित सेवनबाट मानिसहरुको आयु पनि लम्बिने बताउँदै आएका छन् भने छाला चाउरी पर्नबाट पनि जोगाउँने गरेको बताउने गर्छन् । साथै प्याजको सेवनले छालाको चमक बढाउने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?