एजेन्सी । रियल मड्रिड स्पेनिस लिगमा भ्यालेन्सियासँग बराबरी खेल्दै हारबाट जोगिएको छ ।
आईतबार राति भएको खेलमा रियल मड्रिडले भ्यालेन्सियासंग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । हारको नजिक पुगेको रियलका लागि बेन्जिमाले अन्तिम समयमा गोल गर्दै खेललाई बराबरी बनाए ।
खेलमा अग्रता घरेलु टोली भ्यालेन्सियाले ७८ औ मिनेटमा कार्लोस सोलेरको गोलबाट लिएको थियो ।
बराबरीको नतिजासंगै रियल तालिकाको शीर्ष स्थानमा उक्लिने मौका गुमायो । भ्यालेन्सिया २७ अंक सहित तालिकाको आठौं स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया