फ्रेन्च लिग वान : पीएसजीको सहज जित

एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा पीएसजीले सेन्ट इटिनेलाई ४-० गोल अन्तरले पराजित गरेको हो । खेलको नवौं मिनेटमा लिन्द्रो पराडेसले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

२५ औं मिनेटमा जिन यूडेसले रातो कार्ड पाउँदा घरेलु टिम १० खेलाडीमा समेटियो । खेलको ४३ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीको अग्रता २-० को बनाए ।

७२ औं मिनेटमा माउरो इकार्डीले गोल गर्दै पीएसजीको अग्रता तेब्बर बनाए । त्यसपछि खेलको ८९ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ४-० को जित दिलाए ।

जितसँगै पीएसजीले १७ खेलमा ४२ अंक जोडेको छ । पीएसजीले शीर्ष स्थानको अग्रता ७ अंकको बनाएको छ । पराजित सेन्ट २५ अंक जोडेर लिगमो ११ औं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?