एनआईसी एशियाको २ नयाँ शाखा एकैपटक सञ्चालनमा

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो वित्तीय पहुँच विस्तारको क्रममा एकैसाथ दुईवटा शाखा सञ्चालनमा ल्याएको छ । शहरि र ग्रामिण तथा दुर्गम क्षेत्रका मानिसहरुमा बैंकिङ सेवा उपलब्ध गराउने उदेश्यले एकैपटक छुट्टा-छुट्टै शाखा सञ्चालनमा ल्याएको हो । बैंकले काठमाडौंको दरबारमार्ग तथा ललितपुरको मंगलबजारमा दुइ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । काठमाडौं महानगरपालिका वडा नं १, दरबारमार्गस्थित दरबारमार्ग शाखा तथा ललितपुर महानगरपालिका वडा नं १२ टंगालस्थित मंगलबजार शाखा मंसिर २९ गतेबाट एकैसाथ सञ्चालनमा ल्याएको हो ।

दरबारमार्ग शाखाको उत्घाटन एनआईसी एशिया बैंक उप-प्रादेशिक कार्यालय काठमाडौंका प्रमुख तेज राज तिमल्सिनाले गर्नुभएको हो । भने मंगलबजार शाखाको उत्घाटन सोही वडाका वडाध्यक्ष नारायाण लाल अवालेले गर्नुभएको हो ।

दुइ नयाँ शाखा सञ्चालनमा आएसँगै काठमाडौं तथा ललितपुरका ग्राहकहरुमा थप सहजता हुने विस्वास बैंकले लिएको छ । एनआईसी एशियाले बैंक तथा वित्तीय संस्था नपुगेका तथा मुलुकका ३४ भन्दा बढि स्थानिय तहहरुमा शाखा विस्तार गरि सेवा दिइरहेको छ । साथै बैंकले अप्रत्यक्ष रुपमा गत आर्थिक वर्षमा मात्र सरकारलाइ ३ अर्ब १५ करोड भन्दा बढि राजस्व भुक्तानी गरिसकेको छ । साथै बैंकले वित्तीय समाबेसिकरणका लागि न्युन वित्तीय संस्थाको उपस्थिती रहेको मुगु, कालिकोट, बझाङ, रुकुम , जुम्ला, सल्यान लगाएतका दुर्गम जिल्लाहरुमा समेत सेवा सञ्चाल गरिसकेको छ ।

एनआईसी मुलुककै ठुलो शाखा सञ्जाल विस्तार गर्ने वाणिज्य बैंक अन्तर्गत पर्दछ । मुलुकभर बैंकको ३११ शाखा कार्यालयहरु, ४०३ एटिएम, ९५ वटा एक्सटेन्सन काउन्टर एवं ४४ वटा शाखा रहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?