श्रीमानको माया नपाएको भन्दै आफ्नै घरको भान्सामा झुण्डिइन् रिना

काठमाडौं । सुनसरीमा एक महिलाले श्रीमान्को माया नपाएको भन्दै सुसाईट नोट लेखेर आत्महत्या गरेकी छिन् ।

सुनसरीको दुहबी ६ बस्ने मनोज कुमार भगतका श्रीमती रिना जैसवालले श्रीमान् मनोज कुमार भगतसँग गहिरो माया नपाएको भन्दै सुसाईट नोट लेखेर गरेकी हुन् ।

जैसवाल आईतबार बिहान आफ्नो घरको भान्सा कोठामा डोरिको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । शवलाई पोष्टमार्टमका लागि पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?