विनोद चौधरीको घोषणा : वाइवाइको आईपीओ निष्काशन गर्ने

काठमाडौं । अब चौधरी ग्रुप अन्तर्गतको वाइवाइ चाउचाउ सेयर बजारमा आउने भएको छ । चौधरी ग्रुपका अध्यक्ष एवं उद्योगपति विनोद चौधरीले वाइवाइ नेपालको सेयर बजारमा आउन लागेको बताउनुभएको छ ।

पोखरामा भएको लिक्टेचर फेस्टिबलमा बोल्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो । चौधरीले वाइवाइ एक दिन स्टकमा सूचिकृत हुने बताउनुभएको छ । ग्रुपले नेपालमा होटल व्यबसाय, चाउचाउ एवं अन्य धेरै क्षेत्रमा ठूलो मात्रामा लगानी गरेको छ । साथै अब नेपालमा मात्र नभएर चौधरीले चाउचाउ र होटल व्यबसायलाइ विश्वभर फैलाउन आवश्यक रहेको बताउनुभयो ।

साथै यसअघि नै उहाँले वाइवाइलाई सेयर बजारमा ल्याउने उद्घोष गरिसक्नुभएको थियो ।वाइवाइलाई हाल स्टक एक्सचेन्जमा सूचिकृत गर्ने साथै नेपालको पहिलो कम्पनी न्यूयोर्कको स्टक एक्सचेन्जमा सूचिकृत गर्ने उदेश्य रहेको समेत बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?