काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदनमाथि छलफल शुरु भएको छ।
सोमबार विहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक जारी छ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटी सदस्यले धारणा राख्न सुरू गरेका छन्।
प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा राष्ट्रिय, अन्तराष्ट्रिय परिवेश, उपनिर्वाचन समीक्षा, पार्टी सुदृणिकरण, सरकारको समिक्षा लगायतका विषय उल्लेख छ।
स्थायी कमिटी बैठक आज सक्ने भनिएपनि लम्बिन सक्ने बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया