काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक भोलि पनि बस्ने भएको छ ।
आइतबारबाट सुरु भएको बैठकको दोस्रो दिन सदस्यहरुले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि धारणा राखेका राखेका छन्।
आज १४ सदस्यहरुले आफ्ना धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठकाअनुसार सोमबार दुवै प्रतिवेदनमाथि भएको छलफलमा वामदेव गौतम, योगेश भट्टराई, छविलाल विश्वकर्मा, मुकुन्द न्यौपाने, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, अग्नि सापकोटा, गणेश शाह, देवेन्द्र पौडेल, पम्फा भुसाल, देव गुरुङ लगायतले धारणा राखेका छन् ।
स्थायी कमिटी सदस्यहरुले बोल्ने क्रम नसकिएका कारण मंगलबार बस्ने गरी बैठक स्थगित गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया