ज्योति विकास बैंकले ग्रामीण क्षेत्रका विद्यालयमा सहयोग गर्ने

काठमाडौं । ज्योति विकास बैंकले टिच फर नेपालसँग सहकार्य गर्ने सहमती जनाएको छ । सोमबार बैंक तथा टिच फर नेपालबिच ५ लाख बराबरको सहकार्य गर्ने सहमति भएको हो ।

समाजिक उत्तरदायित्वको लागि बैंकले सिर्जना गरेको हाम्रो विकास प्रवर्द्धन कोष मार्फत टिच फर नेपालसँग सहकार्य गरेको हो । जसले ग्रामीण तथा पिछडिएका क्षेत्रमा रहेका सामुदायिक तथा सरकारी विद्यालयहरुमा आर्थिक सहायोग पुर्याउने काम गर्दछ ।

त्यतिमात्र नभएर बैंकले टिच फर नेपालको सहयोग गर्न आफ्ना दक्ष कर्मचारीहरुलाई ग्रामीण क्षेत्रका सरकारी सामुदायिक विद्यालयमा स्वयम सेवक शिक्षक पठाउने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

उक्त सहकार्यमा ज्योति विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले उक्त सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?