काठमाडौँ । नेकपा अध्यक्ष प्रचण्डले आइतबारको स्थायी कमिटी बैठकमा पार्टीमा गुटबन्दी मौलाएको लिखित रुपमै उल्लेख गरे। उनले गुटबन्दीले पार्टीलाई विनाशको बाटो लैजाने भन्दै त्यसलाई निरुत्साहित गरिनुपर्नेमा जोड दिएका छन् ।
यसैबीचमा प्रचण्ड निवास खुमलटारमा पूर्वमाओवादी समूहको रणनीतिक बैठक बसेको छ ।
जारी स्थायी समिति बैठकमा पूर्वमाओवादीको तर्फबाट समान धारणा राखिनुपर्ने प्रस्तावसहित उनीहरु सोमबार बिहान प्रचण्ड निवास पुगेका हुन् ।
बैठकका क्रममा पूर्वएमाले समूहसँग नझुक्न समेत प्रचण्डलाई उनीहरुले सुझाएका थिए ।
बैठकमा रामबहादुर थापा बादल, हरिवोल गजुरेल, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, देव गुरुङ, वर्षमान पुन, अग्नि सापकोटा लगायत दर्जन बढी नेताहरु बैठकमा सहभागी भएको एक नेताले बताए ।
हाल नेकपाको स्थायी समितिमा पूर्वमाओवादीका तर्फबाट १९ जना नेता छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया