काठमाडौं । राशिफल अनुसार तपाईको लागि यो महिना कति शुभ कति अशुभ ? हेर्नुहोस्
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो महिनामा तपाईंको राशिबाट नवौँ भावमा सूर्यले भ्रमण गर्नाले राम्रो फल मिल्नेछ । मित्र जनको साथ सहयोग मिल्नुका साथै आमदानीका स्रोत बढ्ने छन् । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । २० गतेबाट दबाब र तनाव बढेको महसुस हुनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । यो महिनाको लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग खैरो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्य बाट अधिक सफलता मिल्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो महिनामा तपाईंको राशिबाट आठौँ भावमा सूर्यले भ्रमण गर्नाले चोटपटक तथा स्वास्थ्यमा समस्या आउन सक्छ । घर व्यवहारको समस्याले सताउला । मित्रहरूले दिएको वचन फेरिन सक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । २२ गतेबाट ठीक समयमा सही निर्णय लिन सकिनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ । यो महिनाको लागि शुभ अङ्क १,७ र शुभ रङ्ग हल्का पहेंलो वा सेतो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महाकालीजीको ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो महिना श्रीदायी रहनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । प्रतिस्पर्धामा सम्मानजनक स्थान हात पर्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । बौद्धिक कार्यमा सफलता मिल्नेछ । विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । यो महिनाको लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महालक्ष्मीजीको दर्शनगरी आरम्भ गर्दा सफलता प्राप्त हुनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो महिनामा काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । व्यापार व्यवसायमा उन्नति हुनुका साथै आर्थिक वृद्धि हुने देखिन्छ । सामाजिक कार्यमका विशेष रुचि रहनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बढी लाभ हुनेछ । महिनाको अन्त्यमा अनावस्यक झुटा आरोप लाग्ने हुँदा सजक रहनुहोला । नाक तथा घाँटीमा समस्यापनि आउला । यो महिनाको लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो महिनामा प्राविधिक कार्यमा सफलता मिल्नेछ । काम बन्नुका साथै नयाँ कार्यको थालनी हुनेछ । व्यापार व्यवसायमा बृद्धि हुनुका साथै विशेष लाभ हुने देखिन्छ । व्यवसायका क्रममा यात्रा गर्नुपर्नेछ इच्छा र आकाङ्क्क्षा पूर्ण हुनेछ । अरुको मन जित्न सकिनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । महिनाको अन्त्यमा आफ्नो अधिकार प्राप्तिको लागि संघर्श गर्नु पर्नेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । यो महिनाको लागि शुभ अङ्क २,७ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो महिनामा मिश्रित फल मिल्नेछ । अध्ययन अध्यापनको क्षेत्र सबल रहनेछ । छरछिमेकमा सम्पन्न हुने धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् । कार्य क्षेत्रमा सजग रहनु उचित हुने देखिन्छ । १७ गतेबाट कमजोरी बाहिर आउनाले नोकरीमा समस्या पर्न सक्छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । यो महिनाको लागि शुभ अङ्क १,६ र शुभ रङ्गे रातो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुभगवानको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । कला र मनोरञ्जनमा अभिरुचि जाग्नेछ । पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग पनि देखिन्छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । वैदेशिक यात्राको योग छ । साथै अकस्मात धन सम्पत्ति हात पर्नेछ । यो महिनाको लागि शुभ अङ्क १,९ र शुभ रङ्ग सेतो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो महिनामा दोस्रो भावमा सूर्यले भ्रमण गर्नाले लक्ष्मी प्राप्तिको खुसी मिल्नेछ । प्रतिस्पर्धाहरूमा उर्तिण हुनसकिनेछ । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । लामो यात्रा सुखद् र सफल हुनेछ । मध्य महिनाबाट आफ्नो विचार विपरित निर्णय हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो महिनाको लागि शुभ अङ्क २,७ र शुभ रङ्ग हल्का गुलाबी वा घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व मृत्युञ्जय भगवानको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो महिनामा कार्य सिद्धिको योग छ । सोचेको भन्दा अधिक सफलता मिल्नेछ । नयाँ कार्यको थालनी हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । प्रेममा सफलता प्राप्त हुनुका साथै कार्यप्राप्तिका योग पनि देखिन्छन् । व्यापार व्यवसायबाट लाभ हुनेछ । यो महिनाको लागि शुभ अङ्क १,९ र शुभ रङ्ग गुलाबी वा केशरी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो महिनामा झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । पढाइलेखाइमा पनि खासै प्रगति गर्न नसकिने देखिन्छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । महत्त्वकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । मध्य महिनामा मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । यो महिनाको लागि शुभ अङ्क ५,६ र शुभ रङ्ग निलो वा हरियो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो महिनामा जोश, जाँगर र हिम्मत बढ्ला । कुटुम्बबाट विशेष सहयोग मिल्नेछ । वाहान लाभ हुने समय आएको छ । पारिवारिक सम्बन्ध कसिलो हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ । कला प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ । स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । यो महिनाको लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग सेतो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको ध्यान गरी आरम्भ गर्दा अधिक लाभ हुनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो महिना समग्रमा सकारात्मक महिना रहेको छ । गरेको कार्यमा सफलता पाईनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । इनाम र प्रतिष्ठा कमाउने बेला छ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ । आर्थिक उन्नतिका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । आफन्तजनबाट भने सजग रहनु नै उचित हुनेछ ।यो महिनाको लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग हरियो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट सफलता मिल्नेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल
977-9849559502
(अधिक जानकारीको लागि )
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया