काठमाडौं । नबिल बैंक लिमिटेडले पुस २२ लाभांश पारित गर्ने भएको छ । बैंकले प्रस्ताव गरेको ३४ प्रतिशत लाभांश पारित गर्ने भएको हो । बैंकले पुस २२ गते ३५औं वार्षिक साधारण सभा मार्फत गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहित लाभांशको प्रस्ताव पारित गर्न लागेको छ ।
बैंकले चालु आर्थिक वर्षमा शेयरधनीका लागि १२ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । नगद लाभांशमा भने बोनस शेयरमा लाग्ने करसहितको रकम रहने बैंकले जनाएकपो छ । उक्त सभाले बैंकको अधिकृत पुँजी वृद्धि गरी ११ अर्ब पुर्याउँदै बैंकको प्रबन्धपत्र र नियमावली संशोधनसँगै संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने लगायतका विषय छलफल पश्चात पारित गर्नेछ ।
यसका लागि पुस ८ गते बुक क्लोज गर्ने बैंकले जनाएको छ । हाल बैंकको चुक्ता पुँजी ९ अर्ब १ करोड १८ लाख ४५ हजार रहेको छ। बोनसपश्चात भने बैंकको चुक्ता पुँजी १० अर्ब ९ करोड ३२ लाख ६६ हजार हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया