काठमाडौं । नेपाल एसबीआई बैंकले आजबाट लगानीकर्ताहरुलाइ नगद लाभांश वितरण गरेको छ । बैंकले मंसिर २९ गते २६औं बार्षिक साधारण सभामार्फत १० दशमलव ८४ प्रतिशत नगद लाभांश पारित गरेको थियो । बैंकले आइपीएसमार्फत शेयरधनीको बैंक खातामा जम्मा गर्न शुरु गरेको हो ।
बैंकले साधारण सभाबाट पारित भएको तीन कार्यदिन भित्र नगद लाभांश वितरण गर्न शुरु गरेको हो । साथै बैंकले ६ प्रतिशत बोनस शेयर दिने भएको छ । बोनस शेयर भने नेपाल स्टक एक्सचेञ्ज ९नेप्स० मा सूचीकरण भएपश्चात हितग्राही खातामा जम्मा हुने बैंकले जनाएको छ । बैंकका अनुसार लाभांश पाउने शेयरधनीहरुले हितग्राही खाता खोलि बैंक खाता खोल्नुपर्नेछ ।
बैंकको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । तर यस अघि विभिन्न वार्षिक साधारण सभाबाट पारित नगद लाभांश पाँच वर्ष वितिसक्दा पनि संलकन हुन सकेको छैन् । साथै बैंकले आईपीओ एफपीओ साथै हकप्रद निष्काशन गर्दा आवेदन पेश गरी फिर्ता रकम लिन बाकि रहेका सदस्यहरुलाइ रकम लिनका लागि सकेत आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया