एजेन्सी । नेपालमा कानूनी रुपमा विवाह गर्नको लागि केटा र केटीको उमेर २० वर्ष हुनुपर्ने व्यवस्था रहेको छ । २०७४ मा जारी भएको मुलुकी देवानी संहिता २०७४ अनुसार नेपालमा विवाह गर्ने उमेर २० बर्ष तोकिएको हो । यसभन्दा अघि केटाको उमेर २० बर्ष र केटीको उमेर १८ बर्ष राखिएको थियो ।
नेपालमा विवाहअघिको यौनसम्बन्धलाई अहिलेसम्म बैधानिकता दिइएको छैन । यौनसम्बन्धको उमेर पनि तोकिएको छैन । आज हामी विवाह र समझदारीमा यौनसम्बन्ध राख्नको लागि फरक फरक व्यवस्था भएका देशहरुको बारेमा जानकारी दिन गइरहेका छौँ ।
कुन देशमा कति उमेरमा विवाह र यौन ?
भारतः विवाहको लागि पुरुषको उमेर २१ बर्ष र महिलाको १८ बर्ष तोकिएको छ । यस्तै समझदारीमा सम्बन्ध राख्ने उमेर १८ बर्ष तोकिएको छ ।
चीनः विवाहको लागि पुरुषको उमेर २२ बर्ष र महिलाको २० बर्ष छ भने सहमतिमा १४ बर्षदेखि यौनसम्बध बनाउँदा कानूनीनै मानिन्छ ।
बंगलादेशः यहाँ पुरुष र महिलाको विवाहको उमेर फरक–फरक छ । महिलाको १८ र पुरुषको २१ बर्षमा विवाह गर्दा कुनै कानूनी अड्चन आउँदैन । यस्तै १४ बर्षभन्दा माथिका किशोर–किशोरीले सहमतिमा सम्बन्ध बनाए कुनै कानून लाग्दैन ।
जापानः यहाँ पुरुष र महिलाको विवाहको उमेर २० बर्ष तोकिएको छ भने सहमतिमा सम्बन्ध राख्ने उमेर भने १३ बर्ष हो ।
अमेरिकाः यहाँ पुरुष र महिलाको विवाह गर्ने उमेर १६ देखि १८ बर्षसम्म तोकिएको छ । अमेरिकाकामा सहमतिमा यौनसम्बन्ध राख्न पाउने नियम राज्यअनुसार फरक फरक छ । बिभिन्न राज्यहरुमा १६ देखि १८ बर्षसम्मलाई सहमतिमा यौनसम्बन्ध राख्न पाउने उमेर तोकिएको छ ।
ब्राजिलः विवाहको लागि महिला र पुरुषको उमेर १६ बर्ष छ भने १२ बर्षमाथिकाले सहमतिमा यौनसम्बन्ध राख्न पाउँछन् ।
ब्रिटेनः विवाहको उमेर पुरुष, महिला दुवैलाई १६ बर्ष तोकिएको छ भने सहमतिमा यौनसम्बन्ध राख्न पाउने उमेर पनि १६ बर्ष नै छ ।
मलेशियाः विवाह र सहमतिमा यौन सम्बन्ध राख्न पाउने उमेर १६ बर्ष तोकिएको छ ।
ईरानः यहाँ विवाहको लागि उमेर तोक्ने कुनै पनि नीति छैन । तर महिलाको उमेर कम्तिमा पनि १३ बर्ष राखिएको छ । यहाँ विवाहअघि नै यौनसम्बन्ध राख्नको लागि कुनैपनि अनुमति छैन ।
पाकिस्तानः विवाहको लागि महिलाको उमेर १६ र पुरुषको १८ बर्ष तोकिएको छ । तर बिवाहभन्दा बेगर यौनसम्बन्धको मान्यता दिईएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया