२८ वर्षयता सिधा उभिन नसकेका यि मानिसलाई सर्जरीबाट मिल्यो नयाँ जिन्दगी

काठमाडौं । विश्वमा जति पनि मानिसहरु छन् उनीहरुको शरिरमा सबै कुराहरु पुर्णरुपमा हुँदैनन् । हामी सबैमा केहि न केहि कुराहरुको कमी भइरहेकै हुन्छ । यस्तै मध्येका एक पात्र हुन् चीनका ली ह्यु । तर उनीे एनक्ल्योसिङ स्पोनड्लाइटिस नामक रोगका शिकार बन्न पुगे । विगत २८ वर्ष यता उनी यस रोगबाट ग्रसित छन् । यो रोग लागेकाहरु सिधा हुन सक्दैनन् । उनीहरुको कम्मर झुक्छ ।
यस रोग लागेपछि मानिसको हालत यतिसम्म दयनीय हुन्छ कि उनीहरुको घाँटी दुई खुट्टाको बिचमा आइपुग्छ । यस्तो हुँदा बिरामी हिँड्न र उठ्न सक्दैन । यस रोगबाट ग्रसित ह्युलाई २८ वर्षपछि यो रोगबाट मुक्ति मिलेको छ । उनलाई सर्जरीको माध्यमबाट सिदा गराइएको हो । ली ह्यु चीनका नागरिक हुन् । उनलाई उनकै आमाले स्याहार गर्दै आएकी छिन् ।

आर्थिक अवस्था कमजोर भएको कारणले उनले २०१८ मा सर्जरी गर्न मानेका थिएनन् । उनलाई यो रोगले खान खानदेखि पानी पिउनसम्मका काममा धेरै दुःख हुने गरेको थियो । परिवारले उनको अवस्था नाजुक रहेको कुरा डाक्टरलाई बताए । सामाजिक सञ्जालमा यो कुरा भाइरल बनेपछि प्रोफेसर ताओ हुरियनले उनको सर्जरी गराए । उनलाई सर्जरी गरेपछि धेरै राहत महशुस भइरहेको छ । उनलाई पुरै शरिर ठिक हुन डाक्टरले २ देखि तीन महिनाको समय लाग्ने बताएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?