ज्योतिष शास्त्र भन्छ, रातको समयमा महिलाले भूलेर पनि नगर्नुस् १३ काम

तनाव कसलाई मन पर्छ र ? तर कहिलेकाहीँ हामीले नचाहँदा नचाहँदै पनि तनावले सताईरहन्छ । यसबाट छुट्कारा पाउनको लागि मानिसले अनेकन उपाय अवलम्बन गर्छन् तर निरर्थक हुन्छ । यसो किन हुन्छ भन्ने विषय खोजकै विषय होला । तर शास्त्रअनुसार स साना कामहरु जुन हामी भूलबश गरिरहेका हुन्छौा तिनका कारणले पनि हाम्रो जीवनमा वहार नआएको हुनसक्छ । त्यसकारण हामीले केहि टिप्स यहाँ प्रस्तुत गरेका छौँ ।  एउटा घर सफल बनाउन ८० प्रतिशत भूमिका महिलाको हुन्छ।  अझ कामकाजी महिलाको लागि घर, अफिस, बलाबच्चा, आफ्नो लागि समय व्यवस्थापन गर्नु निकै अप्ठेरो मामिला हो । नेपाली समाजमा महिलालाई घरको लक्ष्मी मानेर विभिन्न स्वरुपमा पुजा गरिन्छ । त्यसैले विवाहपछि महिला जसको घर जान्छिन् त्यस घरको भाग्य र सफलता उनीसँग जोडेर हेरिन्छ । त्यसैले धर्मशास्त्रमा महिलाहरुले केहि काम गर्नु हुँदैन भनेर समेत उल्लेख गरिएको छ ।

1. महिलाहरुले सुत्नु अघि कपाल नुहाउनुहुँदैन । कतिपय महिलाहरुको बानी हुन्छ कि रातको समयमा कपाल खोलेर सुत्ने तर यस्तो गर्नुलाई शास्त्र अनुसार गलत मान्ने गरिन्छ । तर कसीलो गरेर बाँध्नुपर्छ भन्ने होईन । केहि हलुका खुकुलो गरी अल्झाउनुहोस् तर असरल्ल झाँक्रो फिँजाएर सुत्दा तपाईमा नकारात्मक उर्जा उत्पन्न हुन्छ ।

2. सुर्यास्त पछि कसैको घरमा पनि दुध, दही, नुन, तेल र प्याज लिन जानु हुँदैन ।

3. रातमा झुठा भाँडाहरु भान्छामा राख्नुहुँदैन ।

4. घरमा झगडाको स्थिती निम्त्याउनु हुँदैन । आपसी समझदारीमा सरसल्लाहमा टुंगो लाग्ने विषय ठूलो बनाउनु हुँदैन ।

5. राती सुत्नुअघि भान्छामा अंखरा /करुवामा पानी भरेर राख्नुपर्छ । यसले घरमा सुख–समृद्धिको बास गराउँछ । खाली बाल्टी राख्नुले घरमा चिन्ता भर्ने काम गर्छ ।

6. राती घरको दक्षिण र पश्चिम कुनामा बत्ती वा बल्ब बाल्नाले पितृको आत्माले शान्ति पाउँछ र घरमा सम्पन्नता छाउँछ । रेक साँझ पूजा घर वा देव स्थानमा दियो बालेर प्रसन्न मुद्रामा बत्ति बाल्नाले घरमा लक्ष्मीको वास रहन्छ ।

7. साँझमा कुचो लगाउनु हुँदैन । रातमा सुत्नुअघि घरभित्र रहेको कुचो दक्षिण पश्चिम दिशामा लुकाएर राख्नुपर्छ । यसले धन लाभ हुन्छ भन्ने विश्वास छ । हिन्दु धर्मका अनुसार घरमा राखिएको कुचोमा पनि लक्ष्मीको वास रहेको हुन्छ।

8. पानीको गिलास या बोतल आफ्नो शिरमाथि राखेर सुत्नु हुँदैन । दायाँ बाया राख्नु ठिक हुन्छ ।

पतिपत्नीको सम्बन्ध राम्रो बनाउन सयन कोठामा कपूर बाल्नुपर्छ ।

9. घरमा रहेका सबै कोठामा कालो नुन पेपरमा बेरेर राखि बिहान उठेपछि कसैसँग नबोली कागजमा राखिएको नुनलाई बाहिर फाल्नुपर्छ । यसले घरमा उत्पनन भएका नकारात्मक उर्जा बाहिर निकाल्न मदत गर्छ ।

10. रातिको समयमा सडक चौबाटोमा हिँड्नुहुँदैन । यस्तै रातिको समयमा मशान घाटमा नकारात्मक उर्जा सक्रिय हुने हुँदा तपाईको मानसिक स्थितिमा नकारात्मक प्रभाव पर्न सक्छ । त्यो काम नगर्नु राम्रो हुन्छ ।

11. रातिका समयमा खराब आचरण भएका मान्छेसँग भेट्नु हुँदैन ।

12. सुत्नुभन्दा पहिला आफ्नो गोडा धोईआफ्नो खुट्टालाई उत्तरी दिशातर्फ पारेर सुत्नाले शरीर र घरमा समेत नकरात्मक उर्जा आउन पाउँदैन ।

13. घरमा भएका आमा बुबाको उच्च सम्मान गर्नुपर्छ । घरमा रहेका बालबालिका बृद्धा र अशक्तता सुतिसकेपछि मात्र सुत्नु राम्रो मानिन्छ ।

समुन्द्रशास्त्र अनुसार जुन महिलाको हात लामो भएकी, खुट्टा लामो भएकी, टाउको ठूलो भएका महिलाहरुलाई भाग्यशाली मानिन्छ । जुन महिलाको कान लामो हुन्छ, निधारमा कोठी हुन्छ, नाइटो गहिरो हुन्छ त्यस्ता महिला निकै भागयशाली हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?