मुद्रा अपचलन गरेको आरोपमा उपराष्ट्रपतिकी श्रीमती पक्राउ

मुद्रा अपचलन गरेको आरोपमा जिम्बाबेका उपराष्ट्रपतिकी श्रीमती पक्राउ परेकी छिन् ।
उपराष्ट्रपति कोन्स्टान्टीना चिवेङगाकी श्रीमतीलाई पक्राउ गरिएका जिम्बाबेको भ्रष्टाचार विरुद्धको आयोगका अधिकारीहरुले सोमबार पुष्टि गरेका छन् ।
आयोगका प्रवक्ता जोन माकामुरेले ३८ वर्षीया म्यारी मबुवालाई शनिबार नै पक्राउ गरिएको बताए ।
सार्वजनिक कोषको रकम आफ्नो बनाएको, मुद्रा अपचलन गरिएको लगायतको आरोप उनीमाथि लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?