पदबाट बिदा हुने बेला विवादमा तानिइन् उपसभामुख

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभा सदस्य विद्या भट्टराईलाई मंगलबार सपथ गराइन् । जुन विवादीत  बनेको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
संविधान, प्रतिनिधिसभा ऐन र नियमावलीमा सभामुख या सभाको अध्यक्षता गर्ने व्यक्तिले प्रतिनिधिसभा सदस्यलाई सपथ गराउन सक्ने व्यवस्था छ ।
कानुनविद् एवम् राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले उपसभामुख तुम्बाहाङ्फेले सपथ गराउनु असंवैधानिक कदम भएको टिप्पणी गरे । कतिपयले भने सभामुख नभएको बेला उपसभामुखले सपथ गराउनु जायजभएको टिप्पणी गरेका छन् । नयाँ सभामुख चयनका लागि उनलाई नेकपाले उपसभामुखबाट राजीनामा गराउने तयारी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?