काठमाडौं, ५ माघ । गत मंसिर १० र २१ गते सम्पन्न भएको प्रदेशसभा निर्वाचनका समानुपातिक सांसदलाई निर्वाचन आयोगले आज निर्वाचित भएको प्रमाणपत्र वितरण गर्ने भएको छ प्रदेशसभामा प्रत्यक्ष तर्फ निर्वातिक भएका ३३० सांसदले यसअघि नै निर्वाचित प्रमाणपत्र पाइसकेका भएतापनि प्रदेश प्रमुखको नियुक्तिमा विलम्ब भएको हुँदा समानुपातिक तर्फमा २ सय २० सांसदले निर्वाचित प्रमाणपत्र पाउन सकेका थिएन अहिले प्रदेश प्रमुखको नियुक्ति भएसँगै आयोगले शुक्रबार निर्वाचित प्रदेशसभाका समानुपातिक सांसदहरुलाई प्रमाणपत्र दिन लागेको हो निर्वाचित सम्पूर्ण उम्मेदवारहरुलाई प्रमाणपत्र लिन यसअघि नै सूचनामार्फत आयोगले आग्रह गरेका थिए । आयोगले शुक्रबार बिहान १० बजेबाट प्रमाणपत्र वितरण गरिने जानकारी दिएको छ संविधानअनुसार, निर्वाचन आयोगले प्रदेशसभा निर्वाचनको परिणाम प्रदेश प्रमुखलाई बुझाउनुपर्छ । प्रदेश प्रमुखले निर्वाचन परिणाम आयोगबाट पाएपछि सरकार गठनका लागि आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया