विदेशी मुद्राको बिनिमयदर, सस्तियो पाउण्ड

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारको लागि तोकेको विदेशी मुद्राको बिनिमय दरअनुसार एक अमेरिकी डलरको खरिददर ११३.२६ र बिक्रीदर ११३.८६ रुपैयाँ रहेको छ ।

यसैगरी युरो एकको खरिददर १२६.४२ र बिक्रीदर १२७.८ तथा पाउण्ड खरिददर १४९.५९ र बिक्रीदर १५०.३९ रहेको छ ।

पाउण्ड मंगलबारको तुलनामा सस्तिएको हो । पाउण्डको मंगलबार खरिददर १५१.४३ र बिक्रीदर १५२.२३ रुपैयाँ थियो ।

यसैगरी कतारी रियाल एकको खरिददर ३१.११ र बिक्रीदर ३१.२७ रहेको राष्ट्र बैंकले जनाएको छ ।

पूरै बिनिमयदर हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?