काभ्रे । उच्च अदालत पाटन, ललितपुरको आदेश अवज्ञा गर्दै इँटा उत्पादन तथा बिक्री वितरण थालेको नमोबुद्ध नगरपालिका–२ भकुण्डेस्थित रहेको सत्यनारायण ब्रिक इण्डष्ट्रिज प्रालिले नगरपालिका कार्यालयको आदेश मानेको छ ।
उच्च अदालतको नमोबुद्धमा रहेका आठ इँटा उद्योगलाई कुनै पनि कार्य नगर्न गरेको जारी अन्तरिम आदेशको अवज्ञा गर्दै उक्त प्रालिले मङ्सिर पहिलो सातादेखि इँटा उत्पादन तथा मौज्दात बिक्री वितरण गर्दै आएको थियो । अदालतको आदेश अवज्ञाविरुद्ध इँटा उत्पादन तथा मौज्दात बिक्री वितरण गर्न थालेपछि नगर कार्यालयले अदालत जाने जनाएपछि प्रालिले उत्पादन एवं बिक्री वितरण बन्द गरेको नमोबुद्ध नपा–२ का वडाध्यक्ष एवं नगरका प्रवक्ता सञ्जीव ढकालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया