चिरपरिचित प्रतिद्वन्द्वी बार्सिलोना र रियल म्याड्रिडबीचको पहिलो एल क्लासिको भिडन्त बुधबार राति हुँदैछ ।
स्पेनिस ला लिगा फुटबलमा यी दुई टीमबीच एल क्लासिको हुन लागेको हो ।
यसअघि अक्टोबर २६ का लागि तय भएको एल क्लासिको क्याटलोनिया आन्दोलनका कारण स्थगित भएको थियो ।
बार्सिलोनाको घरेलु मैदानमा हुन लागेको यो खेललाई मध्यनजर गरी बार्सिलोनाको सुरक्षा ब्यवस्था कडा पारिएको छ ।
रियलका प्रशिक्षक जिनेदिन जिदानले दर्शकले दुई प्रतिस्पर्धी टोलीबीच राम्रो फुटबल हेर्न चाहेको बताएका छन् ।
जिदानले रियलको ध्यान मैदानमा केन्द्रित रहने पनि बताए ।
यता बार्सिलोना पनि घरेलु मैदान र सर्मथकको साथमा सुखद नतिजा निकाल्ने दाउमा छ । बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भालभर्डेले पनि बार्साको सम्पूर्ण ध्यान राम्रो फुटबल खेल्नमा केन्द्रित हुने बताए ।
ला लिगामा दुबै टोलीले १६ खेलबाट समान ३५ अंक बनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया