अर्घाखाँचीका बुद्धिरामलाई एनआईसी एशियाले दियो १५ लाख

काठमाडौं । एनआइसी एशिया बैंकले आफ्नो चामत्कारिक बचत खाता योजना अन्तर्गत बिभिन्न १८ प्रकारका घातक रोग लागेका ग्राहकहरुलाइ रकम हस्तारण गर्ने गर्दछ । यसैक्रममा बैंकले अर्घाखाँचीका बुद्धि राम भुसाललाई उक्त योजना अन्तर्गत बीमा रकम बापत १५ लाखको चेक हस्तान्तरण गरेको छ ।

बैंकको चामत्कारिक बचत (डायमण्ड) खातावाल अर्घाखाँचीको साविकको अर्घा गाविस वडा नं २ निवासी भुसाल प्राण घातक रोग क्यान्सर पिडित हुनुहुन्छ । बैंकले उक्त खाता योजना अन्तर्गत खातावालाहरुलाइ क्यान्सर लगाएत १८ प्राणघातक रोग पहिचान हुने बित्तिकै बीमा रकम प्रदान गर्ने गर्दछ । सोही क्रममा पिडीत भुसालका छोरा मनोज भुसाललाई बैंकको केन्द्रिय कार्यालय थापाथलीमा एक कार्यक्रमकाबिच चेक हस्तान्तरण गरेको हो । भुसाललाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले भुसाललाई चेक हस्तान्तरण गर्नुभएको हो ।

बैंकले बिभिन्न योजनामार्फत सर्वसाधारणलाई बैंकिङ लगाएत आन्य सेवा प्रदान गर्दै आइरहेको छ । आफ्ना ग्राहकहरुलाइ लाग्न सक्ने घातक रोगहरुको उपचारका लागि उठाउनुपर्ने आर्थिक भार वहन गर्न सघाउ पुर्याउने हेतुले बैंकले बिभिन्न निक्षेप खाता खोल्दाको बखतमा रोगहरुको बीमा लगाएतका अन्य सुबिधा प्रदान गर्दै आएको छ ।
नआईसी एशियाले बैंक तथा वित्तीय संस्था नपुगेका तथा मुलुकका ३४ भन्दा बढि स्थानिय तहहरुमा शाखा विस्तार गरि सेवा दिइरहेको छ । साथै बैंकले अप्रत्यक्ष रुपमा गत आर्थिक वर्षमा मात्र सरकारलाइ ३ अर्ब १५ करोड भन्दा बढि राजस्व भुक्तानी गरिसकेको छ । साथै बैंकले वित्तीय समाबेसिकरणका लागि न्युन वित्तीय संस्थाको उपस्थिती रहेको मुगु, कालिकोट, बझाङ, रुकुम , जुम्ला, सल्यान लगाएतका दुर्गम जिल्लाहरुमा समेत सेवा सञ्चाल गरिसकेको छ ।

एनआईसी मुलुककै ठुलो शाखा सञ्जाल विस्तार गर्ने वाणिज्य बैंक अन्तर्गत पर्दछ । मुलुकभर बैंकको ३११ शाखा कार्यालयहरु, ४०४ एटिएम, ९५ वटा एक्सटेन्सन काउन्टर एवं ४४ वटा शाखा रहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?