पाँच महिनाको अवधीमा लक्ष्यभन्दा ८५ अर्ब कम राजस्व संकलन

काठमाडौं । सरकारले चालू आर्थिक वर्षमा राजस्व संकलनमा लिएको लक्ष्य हाँसिल गर्न कठिन पर्ने देखिएको छ । चालू आर्थिक वर्षको पहिलो पाँच महिनासम्ममा सरकारले ३ खर्ब १८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर हाल सरकारले लक्ष्य अनुसार राजस्व संकलनमा कमजोरी देखिएको छ ।

निश्चित अवधीमा सरकारले लक्ष्यअनुसार राजस्व असुल नभएपछि सरकारले बजेटमार्फत लिएको लक्ष्य र राजस्व संकलनबीच ठुलो अन्तर देखिएको छ । जस अनुसार सरकारको लक्ष्य र राजस्व संकलनबीचको ग्याप ८५ अर्ब भन्दा बढि देखिएको छ । विकास खर्चको कहालीलाग्दो अवस्था र भन्सार असुली न्यून भएका कारण पनि राजस्व संकलनमा कमि देखिएको हो ।

चालू आवको पाँच महिनाको अवधीमा सररकाले तीन वर्षयताकै न्यून अर्थात जम्मा ९ प्रतिशत खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकले देखाएको छ । अर्थविद्हरूका अनुसार विकास खर्चको दूरावस्थाले गर्दा राजस्व प्रणाली कम हुन गएको उनीहरुको जिकिर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?